काठमाडौँ-नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।
महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ कायम गरिएको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी आज तोलामा १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा बिक्री भएको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३९८ रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।






प्रतिक्रिया