काठमाडौं-पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। वैशाख २५ गते शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन्।
वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ। किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन्। सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका छन्।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य रहेका किराँतीले केही अघि मात्रै पार्टी छाडेका थिए।







प्रतिक्रिया