अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा ६० सहित आज १२५ जनामा कोरोना संक्रमण

उपत्यकामा ६० सहित आज १२५ जनामा कोरोना संक्रमण


काठमाडौं  : देशभर बुधबार १ सय २५ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् । २ हजार ८३८ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका गत २४ घण्टामा ६० संक्रमित थपिएका छन् । उपत्यकामा आज भक्तपुरमा छ, ललितपुरमा नौ र काठमाडौंमा ४५ जनामा संक्रमित थपिएका प्रवक्ता गौतमले जानकारी दिए ।

योसँगे नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ । जसमध्ये हालसम्म २ लाख २९ हजार ३ सय ९४ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल ६१ कोरोना संक्रमित आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।