अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा आज ९६ जनामा कोरोना संक्रमण

नेपालमा आज ९६ जनामा कोरोना संक्रमण


काठमाडौं- नेपालमा बिहीबार कोरोना भाइरसका ९६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको नमुना परीक्षण गरिएकोमा ९६ जना सङ्क्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९६ सङ्क्रमित पुष्टि भएकोमा १११ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल १ हजार ६०३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ५०५ जना कोरोनामुक्त भएका छन् । हालसम्म २१ लाख ३१ हजार ३३० जनाको नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । उक्त संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ । हाल एक हजार ६०३ जना आइसोलेशनमा र ७१ जना क्वारेन्टिनमा छन् ।