अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं आइपुग्यो नेपालले किनेको १० लाख डोज कोरोना खोप

काठमाडौं आइपुग्यो नेपालले किनेको १० लाख डोज कोरोना खोप


काठमाडौं- सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप काठमाडौं आइपुगेको हो ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उहाँले बताउनुभयो ।