अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल-नुवाकोटगढी केबलकार निर्माण सुरु, नेकपा महासचिव पौडेलद्वारा शिलान्यास

रूपन्देही- बुटवलको फूलबारीबाट पाल्पाको नुवाकोटगढी जोड्ने केबलकारको शिलान्यास गरिएको छ । आइतबार अर्थमन्त्री विष्णु पौडेलले एक समारोहबीच केबलकार शिलान्यास गर्नु भएको हो ।

बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोटगढीसम्म मिर्नाण हुन लागेको यो केबुलकारको लम्बाई एक किलोमिटर ९४ मिटर छ । यो केबलकारलाई सिद्धबाबा केबुलकार प्रालिले निर्माण गर्न लागेको हो ।

केबलकार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले केबलकार निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तराईमा गर्मी हुँदा शीतल खान बुटवल र आसपासका पर्यटकमात्र होइन भारतको उत्तर प्रदेशका पर्यटकलाई समेत नुवाकोटगढी लैजान सकिने छ ।’

सिद्धबाबा केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले ८० करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको बताउनुभयो । सिद्धबाबा केबलकार प्रालिमा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करिब १ सय जनाको लगानी छ ।

बुटवलको फूलबारीबाट पाल्पाको नुवाकोटगढी जोड्ने केबलकारको शिलान्यास गरिएको छ । आइतबार अर्थमन्त्री विष्णु पौडेलले एक समारोहबीच केबलकार शिलान्यास गर्नु भएको हो ।