अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनहरी गाउँपालिकाकी उपाध्यक्षद्वारा पद बहाली

मनहरी गाउँपालिकाकी उपाध्यक्षद्वारा पद बहाली


मकवानपुर- उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आज कार्यालय पुगेर पुनर्बहाली गर्नुभएको छ । उहाँले लिखित राजीनामा दिनुभएको भनी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गर्नुभएको थियो ।

उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फ विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट मनहरी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

उहाँले आज हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरूपमा लेखिएको सो राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको जानकारी दिनुभयो ।

आफूले उक्त अवैध राजीनामालाई बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी गत पुस २८ गते निवेदनपत्र दर्ता गरिएको थियो ।

यही फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साबिक बमोजिमै पुनर्बहाली गर्नु भनी अदेश दिएको थियो ।