अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको पाँच राज्यमा कोरोना सङ्क्रमितको दर उच्च

भारतको पाँच राज्यमा कोरोना सङ्क्रमितको दर उच्च


काठमाडौंः भारतको केही राज्यमा कोरोनाको जोखिम बढेको छ । महाराष्ट्र, मध्यप्रदेश, केरला, जम्मु काश्मिरमा दैनिक थपिने सङ्क्रमितको संख्यामा वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा पछिल्लो चौबीस घण्टामा १४ हजार १९९ जना सक्रिय सङ्क्रमित थपिएको छ । जसमध्ये महाराष्ट्रमा मात्रै ६ हजार ९ सय ७१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । जुन पछिल्लो १ सय २१ दिन यताकै सबैभन्दा बढी हो ।

आर्थिक महानगर मुम्बईमा मात्रै ९ सयभन्दा बढी सङ्क्रमित थपिएका छन् । जुन पछिल्लो ८४ दिन यताकै सबैभन्दा बढी हो । मुम्बईमा हालसम्म ३ लाख १९ हजार १२८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । महाराष्ट्रमा सङ्क्रमितको संख्या २१ लाख ८ सय ८४ पुगेको छ । यद्दपी दैनिक थपिने सङ्क्रमितको संख्या पछिल्लो सेप्टेम्बर महिनामा हालसम्मकै उच्च २० हजारभन्दा धेरै टाढा रहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले दैनिक थपिने सङ्क्रमितको ८५ प्रतिशत महाराष्ट्र, केरला, मध्यप्रदेशसहितका पाँच राज्यका छन् । महाराष्ट्रमा लगातार छैठौं दिनसमेत दैनिक सङ्क्रमितको संख्यामा वृद्धि भएको हो ।

भारतमा हालसम्म १ करोड १० लाख ५ हजार ८ सय ५० जनामा सङ्क्रमित भएका छन् । हाल १ लाख ५० हजार ५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । १ करोड ६ लाख ९९ हजार ४१० जना कोरोनामुक्त भएका छन् । भारतको स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार हालसम्म १ करोड ११ लाख १६ हजार ५ सय ८४ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।