अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. केसीको सत्याग्रह स्थगित

डा. केसीको सत्याग्रह स्थगित


काठमाडौं- आजदेखि डा. गोविन्द केसीले सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गर्नु भएको छ । सर्वोच्च अदालतले म‌ंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि सत्याग्रह स्थगित गरिएको उनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’ डा. केसीले भन्नु भएको छ । यद्यपि, उहाँले आफूहरूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान पनि निरन्तर रहने कुरा प्रष्ट पार्नु भएको हो ।

सर्वोच्च अदालतले सबै नागरिकको अपेक्षाअनुसार फैसला सुनाएको उहाँले उल्लेख गर्नु भएको छ । ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको छ । देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यही थियो,’ डाक्टर केसीले भन्नुभएको छ ।