अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशीलाई प्रधानमन्त्रीको आग्रह : नेपालमा आउनुस्, यहाँको उपचार सस्तो छ

विदेशीलाई प्रधानमन्त्रीको आग्रह : नेपालमा आउनुस्, यहाँको उपचार सस्तो छ


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उपचार पद्दति सस्तो भएको बताउनु भएको छ । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुँदै उहाँले विदेशीलाई पनि उपचार गराउन नेपालमा आउन आग्रहसमेत गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘औषधोपचारको सम्बन्धमा नेपाल संसारमा सबैभन्दा सस्तो उपचार पाउने देश हो । प्लेन फियरसमेत गर्दा पनि यहाँ आएर उपचार गर्नु धेरै सस्तो हुन्छ अरू देशका मान्छेका लागि पनि ।’

साथै, प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताउनुभयो । ‘काठमाडौं विश्वविद्यालयलले छिट्टै सम्बन्धन दिनेछ,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसासमेत गर्नुभयो । उहालाई मार्सी चामललाई ब्राण्ड बनाएकोसमेत बताउनुभयो ।