अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्झाना बोहराका हत्या अभियुक्त सार्वजनिक

सम्झाना बोहराका हत्या अभियुक्त सार्वजनिक


तम्घास- गुल्मीको भाडगाउँमा युवतीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका तीन भाडगाँउमा २१ वर्षीया सम्झना बोहरालाई हत्या गर्ने अभियुक्त ४७ वर्षिय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सम्झनालाई अभियुक्त लालबहादुरले कर्तव्य गरेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । तर हत्या किन र कसरी गरेको भन्ने कारण भने प्रहरीले खुलाएको छैन ।

सम्झना बोहरा गत माघ २९ गते रातीदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुर बेपत्ता भएकी युवतीको खोज तलास गर्दा उनको सक्रियता बढी देखिएको थियो ।

तर पछि अभियुक्त लालबहादुरले शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधीलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापहरुमा अभियुक्त लालहादुरलाई गरिएको अनुसन्धानबाट हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरि असुन्धान भइरहेकोे प्रहरीले जनाएको छ । बेपत्ता भएको १८ दिन पछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासु तोमकली खत्रीको घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।