अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोभिड विरुद्धको लडाइँ अब खोप मार्फत : प्रधानमन्त्री

कोभिड विरुद्धको लडाइँ अब खोप मार्फत : प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको लडाईं अब खोप मार्फत हुने बताउनुभएको छ ।

आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्नी राधिका शाक्य र सचिवालयका सदस्यसहित खोप लगाएर निस्किएपछि प्रधानमन्त्री ओलीले सबैलाई खोप लगाउन आग्रह गर्दै यस्तो बताउनुभएको हो ।

खोप लगाएर बाहिरिदै गर्दा प्रधानमन्त्री ओलीले संवाददाताहरुसँग भन्नुभयो–

मैले खोप लगाएँ । अहिलेसम्म कुनै कम्प्लिेकेसन छैन । म सबैलाई आग्रह गर्न चाहन्छु कि कोभिड विरुद्ध हुने हाम्रो लडाइँ अब खोप मार्फत हुने चरणमा पुगेको छ । खोप लगाएर कोभिडलाई पराजित गर्ने हाम्रो अभियानलाई सफल पारौं भन्ने आग्रह गर्न चाहन्छु । यसबाट आतिनु पर्ने कुरा केही छैन । कसैलाई केही नोक्सान भएको छैन अहिलेसम्म । एक–दुई जना, दुई–चार जनालाई कहिले–कहिले केही देखिएको होला । तर, यो सुरक्षित छ । मजाले भ्यासिन लगाउनु भए हुन्छ । म सबैलाई आग्रह गर्दछु ।