अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादलले सम्हाल्नुभयो एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार

बादलले सम्हाल्नुभयो एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार


काठमाडौं- नेकपा एमालेका नवमनोनित केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले शनिबारदेखि बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको छ ।

उहाँले शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको हो । बादललाई प्रदेश इन्चार्जको रूपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताले स्वागत गर्नु भएको थियो ।

बादललाई शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले बागमती प्रदेश इन्चार्जमा चयन गरेको थियो ।