अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चियापानका लागि बालुवाटारबाट एमाले केन्द्रीय सदस्यलाई एसएमएस

चियापानका लागि बालुवाटारबाट एमाले केन्द्रीय सदस्यलाई एसएमएस


काठमाडौं- नेकपा (एमाले)मा आन्तरिक विवाद तीव्र भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै केन्द्रीय सदस्यहरूलाई चैत ३ गते बालुवाटारमा चियापानका लागि बोलाउनुभएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीका अनुसार नेकपा एमालेका २ सय ४१ जना केन्द्रीय सदस्यलाई एसएमएसमार्फत निमन्त्रणा गरिएको हो ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीज्यूले केन्द्रीय कमिटीको १२ औँ बैठकका सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ । चैत्र ३ गते, प्रधानमन्त्री निवास बालुवाटार । इन्द्रप्रसाद भण्डारी प्रमुख स्वकीय सचिव ।’

‘कतिपय केन्द्रीय सदस्यहरूसँग भेटघाट नभएको पनि धेरै समय भइसकेको थियो,’ एसएमएस पाएपछि एक जना स्थायी कमिटी सदस्यले नेपाली बहससँग भन्नुभयो, ‘यो भेटघाटले प्रधानमन्त्री र केन्द्रीय सदस्यहरूको अनौपचारिक संवादको वातावरण तय गर्छ भन्ने लाग्दछ ।’