अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको परिस्थिति नेपाल-खनालकै कारण आएको हो : प्रधानमन्त्री ओली

अहिलेको परिस्थिति नेपाल-खनालकै कारण आएको हो : प्रधानमन्त्री ओली


काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको परिस्थिति ल्याउन नेपाल-खनाललगायत जिम्मेवार रहेको बताउनु भएको छ ।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले एकीकृत भइसकेको अलग हुन नेपाल-खनालको भूमिका रहेको बताउनुभएको हो ।

‘यस परिस्थिति आएको उहाँहरूकै कारणले हो । एकीकृत भइसकेको पार्टी किन अलग भयो ? बिथोल्दा केके प्रकट भयो ? साँढे जुध्न थालेपछि भूईं भत्किन्छ । सिंग फुक्लिन्छ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो ।

साथै, उहाँले एमालेमा फर्किएका नेता माधव कुमार नेपाल र झलनाथ खनाललगायतसँग बदला नलिएको र आफ्नो त्यस्तो कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नु भएको छ ।