अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालहरु त बिदा गर्न लायक पनि हुनुहुन्नः प्रधानमन्त्री

माधव नेपालहरु त बिदा गर्न लायक पनि हुनुहुन्नः प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका कतिपय नेताहरु बिदा गर्न लायक पनि नभएको बताउनुभएको छ ।

नेपाल प्रेस डट कमका लागि मात्रिका पौडेलसँग बुधबार साँझ कुरा गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘उहाँहरु बिदा गर्न लायकको पनि हुनुहुन्न । गल्ती गर्ने जुन अपराध गर्नुभएको छ, पापकर्म गर्नुभएको छ, सच्चिनुपर्दछ । आउनुस् । महसुस गर्नुस् ।’

प्रधानमन्त्री ओलीले नेपाल गुटसँग आफूले वार्तासमेत नगर्ने बताउनुभयो । ‘गुटसँग वार्ता गर्दिनँ, संवाद गर्दिनँ,’ उहाँले भन्नुभयो, ‘गुटलाई होइन, व्यक्तिलाई कारबाही हुन्छ । नांग्लो ठटाएर हात्ती तर्साउँछु भन्ने नसोचे हुन्छ ।’

प्रधानमन्त्री ओलीले माधव नेपाल समूहले अलग हुने चाहना राखे विधेयक ल्याएर फुटाउन सहज बनाइदिने उल्लेख गर्नुभयो । उहाँले कसैलाई बँधुवा बनाएर राख्न नसकिने बताउनुभयो ।