अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज नेपाल नगरपालिका संघको २८ औं बार्षिक उत्सव

तीन वटा नगरपालिकालाई प्रधानमन्त्रीले पुरस्कृत गर्नुहुने

तीन वटा नगरपालिकालाई प्रधानमन्त्रीले पुरस्कृत गर्नुहुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन वटा नगरपालिकालाई पुरस्कृत गर्नु हुने भएको छ ।

नेपाल नगरपालिका संघको २८ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजना हुने कार्यक्रममा ती नगरपालिकालाई पुरस्कृत गर्न लाग्नुभएको संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

व्याञ्जुका अनुसार झापाको कनकाई, रुपन्देहीको तिलोत्तमा र स्याञ्जाको वालिङ नगरपालिकालाई विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको छ । ती नगरपालिकालाई वातावरण, सुशासन र वित्तीय क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर पुरस्कृत गर्न लागिएको हो ।

आज ११ बजे होटल र्‍याडिसनमा हुने कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको जीवन सहज बनाउनका लागि रोटरी क्लबसँग करिब ८ सय वटा ह्विल चेयर र केही डाइलोसिस मेसिन दिने विषयमा सम्झौता हुनेछ ।

यसैगरी विल गेट्स फाउण्डेसनसँग नगरपालिकाको लेदोजन्य फोहोर व्यवस्थापनका लागि गर्ने सहयोगमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।