अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडकको शिलान्यास [फोटो फिचर]

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडकको शिलान्यास [फोटो फिचर]


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शनिबार एक कार्यक्रमबीच भर्चुअल माध्यमद्वारा १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्नुभएको हो ।

सबै संघीय निर्वाचन क्षेत्रमा एक/एक वटाका दरले सडक शिलान्यास गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक तोकिएको समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरुमा रणनीतिक महत्त्व छ । कार्यक्रममा मन्त्रीहरु, संघीय सांसदहरूको पनि उपस्थिति थियो । हेर्नुस् तस्बिरमा-

तस्बिर : प्रधानमन्त्री सचिवालय