अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन क्षेत्र रणनीतिक सडक

झापामा १ अर्ब २५ करोड विनियोजन

झापामा १ अर्ब २५ करोड विनियोजन


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १ सय ६५ वटा रणनीतिक सडक मध्ये पाँच वटा झापामा परेका छन् । झापाका पाँचवटै निर्वाचन क्षेत्रमा १० किलोमिटरका दरले सडक निर्माण गरिने छ । यसका लागि १ अर्ब २५ करोड रुपैंया विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । हरेक सडकको लागत २५ करोड रुपैयाँ छ ।

मन्त्रालयले तयार पारेको सडकको सुची अनुसार प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह सितापुरी, रंगपुर स्कूलचौन, स्वामीचौक चप्रामारी दामुना हुँदै खजुरगाछी जोड्ने सडक निर्माण हुनेछ ।

यसैगरी झापा क्षेत्र नंम्बर १ का सांसद राम कार्कीले धुलाबारी भावनाचौक हुदै म्यागनेल्टार जाने सडक सिफारिस गर्नुभएको छ ।

झापा २ की सांसद पवित्रा खरेलले विर्तामोडको मुक्तिचोकबाट शनिश्चरेरोडको कप्तानबारी चोक पुष्पलाल चोक बिहीबारे हाट खरबन्दी बुद्धचोक कालिस्थानबजार बुद्धशान्ती २ हुदै जयपुर बुधबारे सम्म जाने सडक सिफारिस गर्नुभएको छ ।

झापा ३ का सांसद राजेन्द्र लिङदेनले कचनकवल १ नं वडा कार्यलयबाट राजगढ बजार सिर्जना चोक हुँदै उत्तर बुधबारे जाने सडक सिफारिस गर्नुभएको छ ।

क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बूले शिवसतासी २ कमलपुरबाट प्रगति चोक १ इन्द्रेणी चोक प्रगति चोक २ सयपत्री चोक हिमाली चोक माङहिम मन्दिर हवल्दार चोक शिवगंज बजार धरहरा चोक प्रहरी चौकी सडक सिफारिस गर्नुभएको छ ।

झापामा छनौटमा परेका हरेक सडकको लम्बाइ १० किलोमिटर छ । ‘सबै जोड्दा झापामा ५० किलोमिटर सडक निर्माणका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक इन्जिनियरले नेपाली बहस डट कमसँग भने ।