अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु


पाल्पा- पाल्पाको तानसेन नगरपालिका-७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका-४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट-४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।