अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगामा जीप दुर्घटना, तीन जनाको अवस्था चिन्ताजनक

ओखलढुंगामा जीप दुर्घटना, तीन जनाको अवस्था चिन्ताजनक


ओखलढुंगा- ओखलढुंगामा जीप भीरमा खस्दा चार जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलका अनुसार घाइते तीन जना अचेत छन् ।

मंगलबार दिउँसो १२ बजे मानेभन्ज्याङ गाउँपालिका-४ स्थित केतुके बजारबाट सामान बोकेर ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जीप दुर्घटनामा परेको हो । सो जीप भीरबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते सिद्धिचरण नगरपालिका-१० का २६ वर्षीय कमलबहादुर थापामगरलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ ।

मानेभञ्ज्याङ-४ ढुसेनी बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, ५० वर्षीया टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर अचेत छन् ।