अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रविधिमा सरकारको छलाङ, प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’ कार्यक्रम उद्घाटन [फोटो फिचर]

प्रविधिमा सरकारको छलाङ, प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’ कार्यक्रम उद्घाटन [फोटो फिचर]


काठमाडौं- डिजिटल नेपालको अवधारणासाथ काम गरिरहेको सरकार प्रविधिमा थप एक कदम अगाडि बढेको छ ।

सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । नापी विभागमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

नापी कार्यालयबाट सञ्चालन भइरहेका सेवाहरु अनलाईन मार्फत प्रवाह गर्न तयार भएको ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र जग्गाको नक्सा अनलाइबाट घरमै बसेर हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्न सकिने अनलाइन प्रणाली ‘मेरो कित्ता’को प्रधानमन्त्रीले शुभारम्भ गर्नुभएको हो ।

‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने सरकारले जनाएको छ । यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुने नापी विभागले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’को कार्यक्रा उद्घाटन । तस्बिरहरू : रासस