अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज १ हजार ९६ जनामा कोरोना संक्रमण

देशभर आज १ हजार ९६ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम अनुसार ५ हजार ८४ को पीसीआर १ हजार १५ र ६ सय ९९ एन्टीजेन परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौंका, ६४ जना ललितपुरका तथा ४५ जना भक्तपुरका रहेका छन् ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ८४ हजार ७४२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ७५ हजार ३ सय जना सङ्क्रमित निको भएका छन् । देशभर हाल ६ हजार २९० जना सक्रिय संक्रमित छन् ।