अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठडियो धरहरा, प्रधानमन्त्रीद्वारा उद्घाटन [फोटो फिचर]

ठडियो धरहरा, प्रधानमन्त्रीद्वारा उद्घाटन [फोटो फिचर]


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्नु भएको छ । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै आज प्रधानमन्त्री ओलीले एक समारोहकाबीच शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गर्नु भएको हो ।

उद्घाटनपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औँ तलामा पुगेर पुष्पवृष्टि गर्नु भएको थियो । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गर्नु भएको थियो ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको पुनर्निर्मित धरहराको प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिङ्ग राखिएको छ ।