अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना कहर २

कोभिडसँग भिड्न आत्मबल बढाउनुहोस्, सडकमा निस्कन होइन : मेयर पराजुली

कोभिडसँग भिड्न आत्मबल बढाउनुहोस्, सडकमा निस्कन होइन : मेयर पराजुली


विराटनगर– पूर्वी नेपालको एउटा सिमान्त सहर विराटनगर । त्यती मात्र हैन प्रदेश नं १ को राजधानी सहर हो विराटनगर महानगरपालिका । कोरोना संक्रमणले धेरै अत्याएको महानगरपनि हो यो । यो महानगरको दक्षिण सिमानामा भारतको जोगवनी सहर पर्दछ । रानी नाका भएर यहाँ दैनिक आउजाउ गर्नेहरु उत्तिकै छन् । यो नाका भएर दैनिक करिब ५ सय जना मानिसहरु विराटनगर भित्रिन्छन् । भारतसँग सिमाना जोडिएको महानगरको आठ किलोमिटर दुरीबाट अरु सयौं मानिसहरु अदेखा भएर भारतबाट दैनिक आइरहेका छन् । ‘विराटगरमा कोरोना नियन्त्रणका लागि सबभन्दा ठुलो चुनौती भारतबाट हुने निर्वाध आवतजावत हो,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो, ‘कोरोनाको दोस्रो लहर उत्तैबाट आयो । हामीले जति प्रयास गरेपनि वैद्य अवैद्य आवतवाज भएपछि कोरोना नियन्त्रण हुन सक्दैन ।’

विराटगर महानगरको प्रयास
आजसम्म विराटनगरमा १ हजार जना सक्रिय संक्रमित छन् । ती मध्ये कोही अस्पतालमा छन्, कोही घरमै छन्, कोही नगरपालिकाले बनाएको आइसोलेसनमा छन् । अहिले २० जना मात्र महानगरको आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यकता अनुसार अक्सिजन महननगरले नि:शुल्क उपलब्ध गराउँदछ ।

महानगरपालिकाले तीन ठाउँमा स्टाफ नर्स, एएनएम,मेडिकल अफिसर सहितको हेल्थ डेस्क राखेको छ । एउटा भारतबाट नेपाल भित्रिने रानी नाकामा आउनेहरुको एन्टिजेन परीक्षण गर्ने, पोजेटिभ देखिएकाहरुलाई अवस्था हेरे अस्पताल,आइसोलेसन कहाँ लैजानु पर्ने हो त्यो व्यवस्था हुन्छ । अवस्था सामान्य भएकाहरुलाई प्रशासनको जिम्मा लगाएर त्यहाँबाट आफ्नो घर जानका लागि समन्वय गरिने गरेको छ ।

अहिले २० जना मात्र महानगरको आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यकता अनुसार अक्सिजन महननगरले नि:शुल्क उपलब्ध गराउँदछ ।

दोस्रो हेल्थ डेस्क विराटनगर ५ को नगर स्वास्थ्य केन्द्रमा छ । तेस्रो वडा नं १५ मा छ । यसरी हामीले तीन ठाउँबाट कोरोनाको स्क्रिनिङ भइरहेको पराजुलीले बताउनुभयो ।

कोभिड र गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स
मेयर पराजुलीका अनुसार कोरोनाका बिरामी बढ्दै गएपछि गर्भवतीहरु वेवास्तामा पर्ने सम्भावनालाई मध्यनजर गरेर उनीहरुका लागि पनि निशुल्क एम्बूलेन्सको व्यवस्था गरिएको छ ।

‘यसपालि हामीले निषेधाज्ञा हुँदा पनि निर्माण र उद्योगका कामलाई निरन्तरता दिने निर्णय गरेका छौं,’ मेयर पराजुलीले भन्नुभयो ‘स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने गराउने,परिचय पत्र बोकेर हिड्न मिल्ने प्रबन्ध गरेका छौं । काम गरेपछि ज्याला पाउने भएकोले राहात बाँड्नु पर्दैन भन्ने हाम्रो सोचाइ छ ।’

‘कोरोनाका विरामी ओसार्ने एम्बूलेन्स महानगरले स्ट्याण्ड वाइ राखेको छ । जसलाई चाहिन्छ मोवाइल नं ९८४२०५८९२६ मा सम्पर्क गर्नुपर्दछ । उहाँको घरमा वा बोलाएको ठाउँमा पुग्छ । अस्पताल पुर्‍याउँछ तर यसको पैसा लाग्दैन । महानगरले यसलाई निशुल्क व्यवस्थापन गरेको छ’ पराजुलीले नेपाली बहस डट कमसँग भन्नुभयो ।

यसैगरी कसैको घरमा भएका गर्भवतीलाई अस्पताल पुर्‍याउनु पर्‍यो भने पनि महानगरले सञ्चालन गरेको एम्बूलेन्स चालकको मोवाइल नं ९८४२१२९५५३ मा फोन गरेपछि एम्बुलेन्स बोलाएको ठाउँमा पुग्छ । यो महानगरले निशुल्क व्यवस्था गरेको छ ।

महानगरमा सोधे खाली बेड पत्ता लाग्छ
अहिले सञ्चार माध्यममा खबर आउछ ‘अस्पताल खोज्दा खोज्दै बिरामीको मृत्यू ।’ विराटनगर महानगरबासीले भरसक यो अवस्था भोग्नु नपरोस भनेर स्वास्थ्य फोकल पर्सन भनेर हैदर अलीलाई तोकेको छ । उहाँको मोवाइल नं ९८५२०३२८१८ मा सम्पर्क गरेपछि कुन अस्पतालमा बेड खाली छ भन्ने जानकारी पाइन्छ । उहाँले फलाना अस्पतालमा बेड खाली छ छ त्यहाँ जानुहोस भनेर विरामीका आफन्तलाई सुझाउनुहुन्छ । उहाँले भनेको अस्पतालमा गएपछि धेरै सास्ती व्योहोर्नु नपर्ने पराजुलीले बताउनुभयो । ‘हामीले विरानगरमा भएका सबै अस्पतालहरुसँग समन्वय गरेर एक एक जना सम्पर्क व्यक्ति दिन भनेका छौं,’ पराजुलीले भन्नुभयो, ‘ती सम्पर्क व्यक्तिले हाम्रो फोकल पर्सनलाई आफ्नो अस्पतालमा खाली भएको बेड, भेन्टिलेटर,अक्सिजनबारे जानकारी गराउनुहुन्छ । त्यही सुचनाको आधारमा हामी विरामीलाई जानकारी गराउछौं ।’

विराटनगरमा भोलि देखि १सय ३ बेडको कोभिड अस्पताल पनि सञ्चालनमा आउदैछ । निजी क्षेत्र,महानगर र प्रदेश सरकार भएर यो अस्पताल बनाएको हो । यो प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छ ।

यसपाली राहतको कोलाहल हुँदैन
कोरोना व्यवस्थपनको अनुभव स्थानीय तहले गतबर्ष पनि गरिसकेका छन् । त्यही अनुभवबाट सिकेर यसपाली केही नयाँ र जनतालाई मार नपर्ने विधी पनि अपनाएका छन् । त्यो भनेको मजदुरको रोजगारीलाई निरन्तरता दिने प्रयास विराटनगर महानगरको छ । ‘यसपालि हामीले निषेधाज्ञा हुँदा पनि निर्माण र उद्योगका कामलाई निरन्तरता दिने निर्णय गरेका छौं,’ मेयर पराजुलीले भन्नुभयो ‘स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने गराउने,परिचय पत्र बोकेर हिड्न मिल्ने प्रबन्ध गरेका छौं । काम गरेपछि ज्याला पाउने भएकोले राहात बाँड्नु पर्दैन भन्ने हाम्रो सोचाइ छ ।’

भोलिदेखि लकडाउन
कोरोना महामारी थपिदै गएपछि विरानगरमा भोलिदेखि लक एक सातालाई लकडाउन घोषणा गरिएको छ । तर सुरक्षा मापदण्ड अपनाएर विहान १० बजेसम्म खाद्यान्न र अत्यावश्यक पसल खोल्न पाउने,अत्यावश्यक सेवाका यातायातहरु गुड्न पाउने प्रवन्ध गरिएको छ ।

‘गतवर्ष कोरोना आयो भनेपछि मानिसहरु घरघर मै बसेका थिए तर यसपालि लकडाउन भन्दा पनि सडकमा निस्कन छोडेका छैनन्,’ मेयर पराजुली भन्नुहुन्छ, ‘म के भन्छु भने आफू बचौं,परिवार र समाज पनि बचाऔं । त्यो भनेको हाम्रो सजगताले मात्र सम्भव छ । नत्र हामीलाई पनि पछुताउने अवसर पनि प्राप्त हुँदैन ।’

क्वारेन्टाइन आवश्यक परेन
यसपालीको महामारीमा विराटनगर महानगरले क्वारेन्टाइन बनाएको छैन । महानगरवासीले यसपाली क्वारेन्टाइन माग गरेका छैनन् । कोरोनाको नयाँ भेरिएन्टका कारण पनि क्वारेन्टाइन आवश्क नपरेको मेयर पराजुलीको भनाइ छ । ‘यसपालिको कोरोनामा कि मान्छे सिभियर देखिए  अस्पताल जाने भए नत्र  घरमै बस्न सक्ने देखिए,’ मेयर पराजुलीले भन्नुभयो, ‘मान्छेलाई आइसोलेसन वा क्वारेन्टाइनमा राख्नु पर्ने स्थिति सृजना भएको छैन ।’ जसलाई अक्सिजन चाहिएको छ घरमै पुर्‍याइने,अक्सिजनले मात्र नहुनेलाई अस्पताल लैजानु पर्ने भएकोले क्वारेन्टाइन नबनाइएको मेयर पराजुलीको तर्क छ । हाल ३० जना महानगरबासीले अक्सिजन सेवा लिइरहेका छन् ।

आफू बचौं ,परिवार र समाज बचाऔं
गतवर्ष कोरोनासँग मानिस धेरै डराएर घरभित्रै बसेको तर यस बर्ष आत्मबल बढाएकोले समस्या भएको बताउनुहुन्छ । ‘गतवर्ष कोरोना आयो भनेपछि मानिसहरु घरघर मै बसेका थिए तर यसपालि लकडाउन भन्दा पनि सडकमा निस्कन छोडेका छैनन्,’ मेयर पराजुली भन्नुहुन्छ, ‘म के भन्छु भने आफू बचौं,परिवार र समाज पनि बचाऔं । त्यो भनेको हाम्रो सजगताले मात्र सम्भव छ । नत्र हामीलाई पनि पछुताउने अवसर पनि प्राप्त हुँदैन ।’ महानगरबासीलाई मेयर पराजुलीको सन्देश छ, ‘सडकमा निस्कन होइन कोरोनासँग भिड्न आत्मबल बढाउनुहोस् ।’ मेयर पराजुलीले विरानगरमा विमानस्थलमा भइरहेको आन्तरिक उडान पनि तत्काल रोक्न माग गर्नुभएको छ ।

कम्तीमा १५ दिन मान्छेलाई घरभित्रै राख्न सकियो भने मात्र कोरोना नियन्त्रणमा आउने मेयर पराजुलीको निष्कर्ष छ ।