अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण


वासिङ्टन : स्पेश-एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।

ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरू जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गामार्फत् उनीहरूलाई बाहिर निकालिएको थियो ।

नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरू ठीक रहेको बताएको जनाएको छ ।

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरू अवतरण गरेका थिए । उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा जानु भएको थियो । उनीहरू अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए ।

सात जना अन्तरिक्ष यात्रीहरू अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रहेका छन् । उनीहरू गत साता स्पेस-एक्समार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।