अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिकाका उपमेयरद्वारा नगर परिषद् बहिष्कार

काठमाडौं महानगरपालिकाका उपमेयरद्वारा नगर परिषद् बहिष्कार


काठमाडौं– काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले नगर परिषद् बहिष्कार गर्नुभएको छ ।

महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको नगरपरिषद् आज ११ बजे राष्ट्रियसभामा बोलाइएको थियो ।

महानगरवासीलाई निस्शुल्क खोप दिने , कर घटाउने लगायतका हाम्रो प्रस्तावलाई बाइपास गरिएकोले नगरपरिषद् बहिष्कार गरिएको खड्गीले बताउनुभयो । नगरपरिषद बहिष्कार गर्नेमा उपमेयरसहित कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरु समेत रहेका छन् । नगरपरिषदमा एमालेको बहुमत छ ।