अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंगापुरले आगामी सेप्टेम्बरबाट प्रतिबन्ध खुकुलो पार्ने

सिंगापुरले आगामी सेप्टेम्बरबाट प्रतिबन्ध खुकुलो पार्ने


काठमाडौं- सिंगापुरले आगामी सेप्टेम्बर महिनादेखि यात्रामा लगाएको मापदण्ड पालनालाई खुकुलो पार्ने भएको छ ।

यात्रा गर्दा अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने बताइएको छ । सेप्टेम्बरसम्म सिंगापुरले आफ्नो कुल जनसंख्याको ८० प्रतिशतलाई खोप लगाइसक्ने बताइएको छ ।

अर्थ मन्त्री लौरेन्स वङ्गलाई उद्धृत गर्दै बैङ्कक पोष्टले खोप अभियानले पूर्णता पाएपछि सबैथोक निर्वाद सञ्चालनको अवस्थामा ल्याइने उल्लेख गरेको छ । उहाँले सरकारले सबैले खोप लगाउने समयसम्मका लागि नरोक्ने बताउनुभयो ।