अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन


काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको स्पष्ट पारेको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय नभएको स्पष्ट पार्नुभएको हो । उहाँले अन्योलमा नपर्न पनि विद्यार्थीमा अनुरोध गर्नुभएको छ ।

सदस्य सचिव अर्यालले कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे अहिले नै निर्णय गर्न नसकिने बताउनुभयो । ‘अझै परीक्षा हुन दुई हप्ता बाँकी छ । यो हप्ता हामी परिस्थिति हेर्छौं । त्यसपछि थप छलफल गरेर निर्णय लिन्छौं,’ सदस्य सचिव अर्यालले भन्नुभयो, ‘विद्यार्थी अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्न चाहन्छु ।’

अहिले सञ्चालन भइरहेको परीक्षा नियमित हुने र तयारी भइरहेका बाँकी परीक्षाहरू पनि तोकिएको समयमा नै हुने उहाँको भनाइ छ ।