अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन २७ गते बोलाइयो

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन २७ गते बोलाइयो


बुटवल– लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बोलाइएको छ । लुम्विनी प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ गतेका लागि तोकिएको जनाएको हो ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशनको मिति तोक्नुभएको जनाएको हो ।

यही साउन १८ गते सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराउनु भएको थियो ।