रूपन्देही- इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर नवलपरासीको बर्दघाटमा ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक वाग्लेको उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको हो।
मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया