अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान महाधिवेशनको तेस्रो दिनः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग

विधान महाधिवेशनको तेस्रो दिनः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग


काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनको तेस्रो दिन समूहगत सुझाव दिने नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेका छन् ।

समूहगत छलफलपछि टोली नेताहरु जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियु अध्यक्ष सुनिता बराल, प्रदेश नम्बर २ बाट ज्वालाकुमारी साह, उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवासबाट सुजीता शाक्य तथा गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेका छन् ।

टोली नेताहरुले अहिलेकै शासकीय स्वरुपमा जाँदा झन् अस्थिरता बढेको भन्दै एमालेले संविधान निर्माणताका प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेका हुन् ।