अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु


बर्दिया – गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको र उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिनुभयो ।