अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको वेवास्ताका कारण ३४ जना नेपालीको दसैं अफगानिस्तानको आतंक मै

सरकारको वेवास्ताका कारण ३४ जना नेपालीको दसैं अफगानिस्तानको आतंक मै


काठमाडौं– सरकारको बेवास्ताका कारण उद्दारको पर्खाइमा रहेका ३४ जना नेपालीको दसैं अफगानिस्तानको आतंकमा बित्ने भएको छ ।

उनीहरुले दुई महिना अघि देखि नै अनलाइन मार्फत निवेदन गरेर स्वदेश फर्काइदिन सरकारसँग माग गरेका थिए । उनीहरुलाई सरकारले अनेक प्रक्रिया जारी छ भनेर अलमल्याइरहेको तर ठोस रुपमा कुनै पहल नगरेको पीडितहरुले जनाएका छन् ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ रहेका आप्रवासीले देश छाड्न थालेका हुन् । त्यहाँका नियोगहरुमा काम गर्ने ९ सय ६ जना नेपाली पनि स्वदेश फर्किएका छन्।

काबुलमा अड्किएका ३४ जना अवैधानिक बाटोबाट त्यहाँ पुगेकोले उनीहरुलाई फर्काउन केही जटिलता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।