अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रातिदेखि देशका विभिन्न भागमा वर्षा, बुधबारसम्म जारी रहने

रातिदेखि देशका विभिन्न भागमा वर्षा, बुधबारसम्म जारी रहने


काठमाडौं- आज देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको कारण मौसममा गडबढी आएको हो ।

यसका कारण देशभर वर्षा, हिमपात र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान ‘आज दिउँसो र राति पनि वेदर (मौसम) डिस्टर्ब (गडबड) नै हुन्छ’, मौसमविद् मञ्जु बासीले भन्नुभयो , ‘विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ, साथै यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’

मौसमविद्हरुका अनुसार आज दिउँसोपछि काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षाको सम्भावना छ। यहाँ आजलाई भारी वर्षाको चाहिँ सम्भावना देखिएको छैन ।

बुधबारसम्म देशभर मौसमसम्बन्धी सजगता अपनाउनुपर्ने मौसमविद्धहरुले जनाएका छन् ।

‘हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिन्छ। सोमबार र मंगलबार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका तथा प्रदेश १ ९मंगलबारदेखि० का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा मेघगर्जनरचट्याङ, हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ’, मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘बुधबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहनु हुन अनुरोध छ। विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजग रहनुहोला।’