अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ बाट एमाले महाधिवेशनमा ४५० बस सौराहा प्रस्थान

प्रदेश १ बाट एमाले महाधिवेशनमा ४५० बस सौराहा प्रस्थान


विराटनगर – नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४५० बस सौराहा प्रस्थान गरेका छन् । प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता ओसार्न थप दुई सय बढी निजी गाडी पनि प्रयोग गरिएको छ। प्रदेश १ का तराईका तीन जिल्लाबाट सबैभन्दा बढी गाडी प्रयोग भएका छन् । झापा, मोरङ सुनसरीबाट तीन सय बढी सार्वजनिक गाडी कार्यकर्ता ओसार्न प्रयोग गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।

एमाले १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेशभरबाट महाधिवेशनका लागि २५ हजार सहभागी हुँदैछन् ।

महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला-जिल्लाबाट हिँडिसकेको प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताउनुभयो । गाडीको व्यवस्थापन भने जिल्ला तथा पालिका स्तरले आफैले गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबैभन्दा धेरै ५७, झापाबाट ४९, सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुगांबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९-९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुबाट ७, पाँचथरबाट ८ ताप्लेजुङबाट १३ र प्रदेश १ मजदुर कोटाबाट ७ गरी कूल २९८ महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।