अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी


केप टाउन – दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ ।

संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको छ,’ केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले बताउनुभयो ।

आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको उहाँले बताउनुभयो । आगलागीको कारण खुलेको छैन् । दक्षिण अफ्रिकाको हाउस अफ पार्लियामेन्टमा नयाँ र पुराना गरी तीन वटा भवन छन् । सन् १९२० र १९८० मा निर्माण गरिएको नयाँ भवनमा नेसनल एसेम्बली छ । गत अप्रिलमा युनिभर्सिटीमा अफ केप टाउनको एउटा पुस्तकालयमा आगो लागेको थियो ।

– एजेन्सी