अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ


धनुषा – धनुषामा स्रोत नखुलेको रु.३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।