अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा स्याउ-ओखर विकास बाेर्ड गठन गर्न माग

कर्णालीमा स्याउ-ओखर विकास बाेर्ड गठन गर्न माग


जुम्ला- राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ,ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ ।

कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग पत्र पेस गरिएकाे हाे ।

तिला गाउँपालिका-८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार कर्णाली प्रदेश हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ ओखर उत्पादन हुन्छ । यीनै उत्पादित कृषि वस्तुले उचित मूल्य पाउन सकेकाे छैन । उनले भने, ‘बजारीकरण गर्न कर्णाली प्रदेश सरकारसँग स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका हाैं ।’

कर्णालीमा उत्पादित स्याउ-ओखर बजारीकरण गर्न बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताउनुभयो । उहाँले भन्नुयो ‘कृषिवस्तुको व्यवस्थापन र बजारीकरण नहुँदा सिजनमा पनि भाउ पाइँदैन ।’

कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा जिल्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो । २०७७ भने घटेर ६ हजार २ सय १० टनमात्रै उत्पादन भयो ।

यो वर्ष ६ हजार १ सय ६० टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताउनुभयो ।