अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले-लोसपा गठबन्धन

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले-लोसपा गठबन्धन


धनुषा –  यही माघ १२ गते हुन लागेकाे राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ ।

एमाले र लोसपाले बिहीबार जनकपुरमा एक कार्यक्रम गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेको हो ।

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने छन् ।

बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सयुंक्त हस्ताक्षर गरेका छन् ।

गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो ।