अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। आइसीयूमा उपचाररत ती पुरुषको सोमबार बिहान मृत्यु भएको हो।

उनमा माघ ६ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएका थिए।