अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट तेह्रथुम बहुप्राविधिक शिक्षालय शिलान्यास गर्ने

अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट तेह्रथुम बहुप्राविधिक शिक्षालय शिलान्यास गर्ने


तेह्रथुम– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट तेह्रथुम बहुप्राविधिक शिक्षालय उदघाटन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले आफ्नो जन्मथलो आठराई गाउँपालिका ४ इवामा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवनको शुक्रबार शिलान्यास गर्ने तय भएको एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङवाले जानकारी दिनुभयो ।

बुधबार अध्यक्ष ओलीले तेह्रथुममै गएर शिलान्यास गर्ने भनिए पनि कोरोना संक्रमण देखिएकाले भर्चुअलरुपमा कार्यक्रमको मोडालिटी परिवर्तन गरिएको हो ।

ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम लगायत क्षेत्रका विधार्थीलाई प्राविधिक शिक्षा गाउँ मै दिएर रोजगारीको अवसर सृजना गर्ने उद्देश्यका साथ इवामा २ वर्ष अघिबाट शिक्षालय सुरु भएको थियो । तर, भौतिक सामग्रीको भने अभाव छ ।