अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर

जुम्लामा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर


जुम्ला  – जुम्लामा तेस्रो पटक हिमपात भएको छ  । हिजो साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झन्डै एक फिट बढी हिउँ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको छ ।