अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग

नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग


काठमाडौं- नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो ।

दूतावासले ती सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरेको थियो । अस्पताल हातामा आयोजित कार्यक्रममा दूतावासले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।