अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुसका पाँच जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाको दाबी

रुसका पाँच जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाको दाबी


काठमाडौं – किभ–पूर्वी युक्रेनमा पाँच वटा रुसी जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ।

‘संयुक्त फौज कमान्डअनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आक्रमणकारीको पाँच जहाज र एउटा हेलिकोप्टर गोली हानेर खसालिएको छ,’ युक्रेनी सेनाले भनेको छ ।

यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् । यसअघि रुसी फौजले राजधानी किभनजिककैका विमानस्थलहरुमा क्षेप्यास्त्र हमला गरेको जनाएको थियो । एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।