अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङको चैनपुरमा अध्यक्ष ओली पुग्दा उर्लियो जनलहर (तस्वीरसहित)

बझाङको चैनपुरमा अध्यक्ष ओली पुग्दा उर्लियो जनलहर (तस्वीरसहित)


बझाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बझाङमा आइपुग्दा जनसागर उर्लिएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुलाई एमाले प्रवेश गराउन आयोजित जनसभालाई सम्बोधन गर्न र पार्टीमा स्वागत गर्न बझाङ आउनु भएको हो ।

अनेरास्ववियूका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य ऐन महरको गृहजिल्ला बझाङमा आज सवैभन्दा धेरै बझाङ जनताको उपस्थितिमा सभा भएको हो । सो सभामा कलाकारहरुले परमादेशको गठबन्धन फालौं, यसपाली त सूर्यमै भोट हालौं भन्दै गीत गाएपछि एमाले अध्यक्ष ओली छमछमी नाच्नु भएको छ ।

बझाङमा ठूलो संख्यामा पार्टी प्रवेश गराउन अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र जनसंगठन समन्वय संयन्त्रका संयोजकसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहितका नेताहरुलाई लिएर आज आउनु भएको हो ।

अध्यक्ष ओलीको आगमनसँगै बझाङ एमालेमय बनेको छ ।