अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोट जिल्ला एमालेको किल्ला हुन्छ : अध्यक्ष ओली (फोटोफिचर)

नुवाकोट जिल्ला एमालेको किल्ला हुन्छ : अध्यक्ष ओली (फोटोफिचर)


नुवाकोट – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोट जिल्ला एमालेको किल्ला हुने ठोकुवा गर्नु भएको छ ।

शुक्रबार विदुरमा आयोजित बृहत् जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब नुवाकोटमा कुनै शरण र केसीहरूको केही नचल्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अब नुवाकोटमा जुनसुकै शरण वा नर्सिङ आए पनि नुवाकोट जिल्ला एमालेको जिल्ला हुन्छ । तीनै तहको निर्वाचनमा एमालेका उम्मेदवारहरू अत्याधिक मतले विजयी हुने छन् ।’ उहाँले स्थानीय निर्वाचनमा नुवाकोटका सबै पालिकामा एमालेको लाल किल्ला हुने बताउनु भयो ।

अध्यक्ष ओलीले आम कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै पार्टीले निर्णय गरेर पठाएका उम्मेदवार जिताउन लाग्न अपिल गर्नुभयो । ओलीले नुवाकोटको विकास र पछिल्लो प्रगतिलाई आफूले नजिकबाट नियालिरहेको भन्दै भोलिका दिनमा पनि समग्र नुवाकोटको विकासका लागि महत्वपूर्ण सहयोग हुने बताउनु भयो ।