अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कविलासी नगरपालिका मेयर एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटोफिचर)

कविलासी नगरपालिका मेयर एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटोफिचर)


सर्लाही – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमाले प्रवेश गर्नु भएको छ ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडाअध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो।

‘मेयर, वडा अध्यक्षहरु, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनुभएको छ’ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले भन्नुभयो, ‘झन्डै पाँच हजार जना आज एमाले प्रवेश गरेका छन ।’ उहाँका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना भएको आमसभालाई अध्यक्ष ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

उहाँका अनुसार आजको पार्टी प्रवेश कार्यक्रमा लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडाअध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडाअध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गरेका छन् ।