अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नं १ मा चार लाख बालिबालिकालाई भिटामिन ए खुवाउने

प्रदेश नं १ मा चार लाख बालिबालिकालाई भिटामिन ए खुवाउने


मोरङ – प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।

छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य सुरु गरिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका चार लाख पाँच हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि पाँच वर्ष मुनिका तीन लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि खुवाइने छ । त्यस्तै छ महिनादेखि २३ महिनासम्मका एक लाख ३१ हजार ६०५ बालबालिकालाई पोषक तत्व वितरण र छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने उहाँले जानकारी दिनुभयो ।

यसैगरी मोरङ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका ८४ हजार २५ बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने जनस्वास्थ्य कार्यालय मोरङका निरीक्षक अपोलो भगतले जानकारी दिनुभयो । जिल्लाका १७ पालिकामा यसलाई अभियानकै रुपमा सञ्चालन गरिने बताइएको छ ।

जिल्लामा ७५० महिला स्वयसेविकाले पालिकाका वडावडामा रहेका केन्द्रमा बालवालिकालाई औषधि खुवाउने उहाँले जानकारी दिनुभयो । भिटामिन ‘ए’ खुवाउने कार्य नियमित राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रत्येक छ÷छ महिना गरिन्छ भने यस अघि गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको थियो।