अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको हित र रक्षाका लागि एमालेले चुनाव जित्नु पर्छ, सरकार बनाउनु पर्छ

देशको हित र रक्षाका लागि एमालेले चुनाव जित्नु पर्छ, सरकार बनाउनु पर्छ


संघीय निर्वाचन २०७९, तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९, लाई प्रभावकारी, व्यवस्थिति ढंगले परिचालन गर्ने उद्देश्यले हामीले ४५१ सदस्य केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको कुरा अघि महासचिव कमरेडले बताइसक्नु भएको छ । यस कमिटीका सम्पूर्ण सदस्य कमरेडहरुलाई हार्दिक स्वागत गर्दछु । बैठकमा म फेरि एकपटक स्मरण गराउन चाहन्छु–अहिलेसम्म निर्वाचनको तयारीसम्बन्धमा हालसम्म भएका गरिएका कामहरुको सम्बन्धमा महासचिवले हामीले के के काम गरिसकेका छौं भन्ने कुरा राखिसक्नु भएको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीको गठन भएको र त्यो गठन कसरी भयो भन्ने कुरा बताइसक्नु भएको छ । केन्द्रीय कमिटी, केन्द्रीय निकायका प्रमुख र पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु, केन्द्रीय विभागका सचिवहरु, केन्द्रीय कार्यालय सचिव रहेको केन्द्रीय निर्वाचन परिचालन गठन गरिएको कुरा महासचिवले राखिसक्नु भयो । त्यसै गरेर चुनावका लागि हाम्रो पार्टी आगामी दिनमा यस देशका लागि, यस देशका जनताको सुरक्षा, हित कसरी गर्न सकिन्छ ? जनतामा रहेको गरिबी, पछौटेपन र अरु समस्या अभाव यी सबै कुराहरुबाट देशलाई कसरी मुक्त गर्ने ? देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रा, भौगोलिक अखण्डता, राष्ट्रिय हित र राष्ट्रिय हितको गौरव र अभिवृद्धि, सुदृढीकरण र अभिवृद्धि कसरी गर्ने ? यस सम्बन्धमा राजनीतिक प्रणाली हामीले प्रणालीगत हिसाबले लोकतान्त्रिक प्रणाली स्थापना गरेका छौं । तर, त्यस लोकतान्त्रिक प्रणालीलाई सञ्चालन गर्न अलोकतान्त्रिक तौरतरिकाहरु अपनाइएको हामी खासगरी अहिलेको स्थितिमा पाइराखेका छौं ।
लोकतन्त्रलाई एउटा जीवन पद्धतीका रुपमा लिनुपर्दछ । लोकतन्त्र भनेको एउटा सामाजिक लोकतान्त्रिक पद्धति हो । राज्यको जीवन पद्धति हो । राज्य सञ्चालनको विधि हो । लोकतन्त्र भनेको देश र जनताका निम्ति इमान्दारीताका साथ राजनीतिक प्रणाली हो । तर्क, तथ्य, सत्य, सही र आवश्यकता अनुसार संविधान र कानून अनुसार चल्ने विधिको शासन, कानूनको शासन हुने राजनीतिक प्रणाली हो । त्यसलाई राज्यको, समाजको सबैको जीवन पद्धतीको रुपमा, उसको आचरणको रुपमा कसरी लाने ? यो लोकतन्त्रको प्रश्न हो । राज्यको संरचना र अरु पक्षहरु, त्यसको परिचालन कुन अर्थ, कुन मर्म र कुन भाव अनुसार गरिन्छ ? त्यो धेरै महत्वपूर्ण कुरा हो । त्यो लोकतान्त्रिक विधि, पद्धती र तरिकाले सञ्चालित हुनुपर्दछ । राज्यले गर्ने कामहरु, प्रशासनको परिचालन, सञ्चालन, राज्यका अंगहरु, राज्यका निकायहरु, राज्यका संयन्त्र संरचनाहरु र राज्यका विभिन्न पक्षहरुले काम कसरी गर्छन ? यसैको भेदले मुख्य रुपमा लोकतान्त्रिक प्रणाली र अधिनायकवादी प्रणालीलाई छुट्याउँछ । जनताप्रति काम गर्ने, जनताप्रति उत्तरदायी त्यस ढंगले चल्ने कुरालाई लोकतान्त्रिक प्रणाली भनिन्छ । यही कुरा जनतामा बिर्गान खोजिएको छ र त्यसलाई सच्याउनु पर्नेछ र व्यक्तिदेखि, राज्यदेखि, समाजदेखि र व्यक्तिसम्मका नेपाली समाजका प्रत्येक क्षेत्रलाई लोकतान्त्रिक विधि, प्रक्रिया अन्तर्गत यस प्रणालीको, यस प्रणालीलाई व्याख्या गर्ने संविधानको र त्यसलाई कार्यान्वयन गर्ने क्षेत्र विशेषका कानूनहरुको कसरी प्रभावकारी निर्माण र कार्यान्वयन गर्ने ? त्यसको परिमार्जन कसरी गर्दै जाने ? यी विषयहरु हुन् । जनताको जीवनस्तरमा साच्चै परिवर्तन कसरी ल्याउने ? शिक्षाका क्षेत्रमा हामी के गर्छौं ? स्वास्थ्यका क्षेत्रमा हामी के गर्छौं ? रोजगारीका यत्रा समस्या छन् । जहाँ लाखौ युवा विदेशमा पलायन भइराखेका छन् । यस स्थितिलाई परिमार्जन गरेर देशभित्रै रोजगारीका अवसरहरु र आकर्षक ढंगले रोजगारीका अवसर सिर्जना गर्ने कुरा, अर्को रोजगारीका अवसर आकर्षक ढंगले सिर्जना गर्ने मात्रै होइन । आफैँ उद्यमशीलताको विकास धेरै महत्वपूर्ण कुरा आजका निम्ति यो पनि छ । उद्यमशीलताको विकास महत्वपूर्ण कुरा छ । उद्यमशील चिन्तन, उद्यमशील प्रवृत्ति, उद्यमशील व्यवहार, उद्यमशील आचरण यी कुराहरु हरेक वयस्क र सचेत नागरिकले गर्ने प्रयास गरोस् । जसबाट उद्यमशीलतातर्फ देश जान्छ, उद्यमशीलता बढ्छ, प्रविधिको विकास हुन्छ, प्रविधिको प्रयोग हुन्छ । उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ । आत्मनिर्भरता बढ्छ । परनिर्भरता हट्छ । आयात प्रतिस्थापन हुन्छ, निर्यात वृद्धि हुन्छ । वैदेशिक मुद्राको संचिति बढ्छ । राष्ट्रिय बचत वृद्धि हुन्छ । नागरिकहरुको बचतको स्थितिमा उल्लेख्य सुधार आउँछ । यी कसले गर्छ भन्दा नेकपा एमालेले नीति निर्माण गर्नुपर्दछ, व्यवहारमा कार्यान्वयन गर्नु पर्दछ ।
एमालेको चुनावी घोषणा पत्र देशको भविष्य
हामी आर्थिक क्षेत्रका, राजनीतिक क्षेत्रका, सामाजिक क्षेत्रका विविध क्षेत्रमा अब कस्ता नीतिका साथ अगाडि बढ्दै छौं त ? हाम्रो घोषणा पत्रले ती कुराहरु बोल्ने छ । त्यो घोषणा पत्र हामी अहिले तयार गर्दैछौं । अहिले मैले उठाएका यी कुराहरु घोषणा पत्रले भन्छ । हाम्रो चुनावी घोषणा पत्र, चुनावी घोषणा पत्र मात्रै होइन, देशको भविष्यको राजनीति, भविष्यको अर्थतन्त्र, भविष्यको सामाजिक जनजीवन, भविष्यको संस्कृति र भविष्यमा नेपालको समग्र अन्य पक्ष इको सिस्टम, वातावरण अथवा अरु विविध पक्षहरु, मानवअधिकारका पक्ष, मानवीय सामाजिक जीवनका सद्भाव, सामाजिक सद्भाव, समानतमा आधारित सद्भाव, सामाजिक न्याय र समानतामा आधारित सद्भाव र त्यो सद्भावबाट राष्ट्रिय एकता र एकताबद्ध प्रयासहरु, विकासका प्रयासहरु, राष्ट्रलाई आधुनिक, विकसित, सुविधासम्पन्न र पूर्वाधारयुक्त, विकसित समृद्ध देश र सुखी नेपाली । यस गन्तव्यमा कसरी पु¥याउने भन्ने कुरा समाजवादको आधार तयार गर्ने, समाजवादउन्मुख अर्थतन्त्र, समाजवादउन्मुख अर्थतन्त्र मात्रै होइन, सिंगो समाजलाई नै समाजवादउन्मुख बनाउने । यस दिशमा हाम्रो घोषणा पत्रले तयारी गर्नेछ । यस सम्बन्धमा हामी घोषणा पत्रको तयारी गर्नका लागि समिति पनि बनाइसकेका छौं । त्यस सम्बन्धमा काम प्रारम्भ पनि भएको छ । आगामी दिनमा यी घोषणा पत्रलाई कार्यान्वयन गर्न हामीसँग सरकार चाहिन्छ । सरकार बिना त हामी कार्यान्वयन गर्न सक्दैनौं । अहिले पनि हामीले प्रस्तुत गरेका राम्रा नीतिहरु छन्, तर ती दराजमा थन्किएका छन् र राज्यले भ्रष्ट नीतिहरु, उल्टा नीतिहरु, विकृत नीतिहरु यस्तो बोकेर, अंगालेर ओरालो बाटोमा लागिरहेको छ । यो राज्यको अद्योगति, यो सरकारको मात्रै अद्योगतिको प्रश्न होइन । यहाँ सरकार मात्रै अद्योगतिमा गइदिएको भए केही फरक पर्ने थिएन । अर्को सरकार बन्थ्यो । सिंगो राज्य संयन्त्र नै अद्योगतितर्फ जाँदैछ । राज्यको नीति नै अद्योगतितर्फ जाँदैछ । बेथिततर्फ, नीतिहीनतातर्फ राज्य जाँदैछ ।

प्रश्न सरकारको मात्रै होइन, राज्यका सम्पूर्ण अंग, अवयवहरुलाई क्षतविच्छेद, निकम्मा, पंगु बनाउन खोजिँदैछ, बनाइसकेका छन् । यसबाट जोगाउनु छ । सिंगो देशलाई, देशको राजनीतिलाई, देशको अर्थतन्त्रलाई ध्वस्त पार्न खोजिँदै छ । यसलाई कसरी हामीले रोक्ने ? देशलाई अद्योगति जानबाट कसरी रोक्ने र कसरी फेरि सकारात्मक बाटोमा फर्काएर उभो लगाउने ? यसको ग्राफलाई हामीले कसरी माथि चढाउने ? यो त सरकार नभइ हुँदैन । त्यसकारण यसपल्ट हामीले भन्ने गरेका छौ–नेकपा एमालेले चुनाव जित्नै पर्छ, सरकार बनाउनै पर्छ तर सरकार बनाउन परेको आफ्ना निम्ति होइन, देशका निम्ति हो । एमालेले जित्नु पर्छ देशको रक्षा र सम्मानको अभिवृद्धिका लागि, हितको अभिवृद्धिका लागि, राष्ट्रियताको संम्वद्र्धनका लागि, स्वाधीनताको सही ढंगले प्रयोग गर्नका लागि जित्नु पर्छ । नेकपा एमालेले किन जित्नु पर्छ ? देशले जित्नका लागि जित्नु पर्छ एमालेले । अघि मैले भनेका कामहरुका लागि एमाले चाहिन्छ, एमालेले जित्नु पर्छ ।
हामी राजनीति भनेर जे बुझिराखेका छौं, अहिलेको सरकारले त्यसरी बुझ्दैन । राजनीति भनेको जसरी तसरी सरकारमा पुग्ने र सरकारको, सत्ताको दुरुपयोग गरेर हाटहुट लुट सरकारको नीति र सरकारको बुझाई नै त्यही हो । अनि त्यो हाटहुट लाटलुटको कमाइको दुरुपयोग गरेर फेरि अर्को चुनावलाई नै हाटहुटलाट लुट गर्ने, हाटहुटलाट लुटको चुनावबाट हाटहुठे, लाटलुटे सरकार फेरि बनाउने । यही चक्र वर्तमान गठबन्धनले बुझेको छ । यसबाट मुक्त गर्न, लोकतन्त्रको रक्षाका लागि हामीलाई सरकार गठन गर्न, बहुमत ल्याउनु परेको छ ।
नागरिकताका सम्बन्धमा
अहिले सरकार ससाना कुरामा खुद्रा राजनीति गरेको छ, छलपूर्ण राजनीति गरेको छ । हामीले अगाडि बढाइसकेका कुरालाई अगाडि बढ्न नदिएर रोकेर तराईमा जन्मसिद्धका छोराछोरीले जब नागरिक हुन् भने उनीहरुका छोराछोरीले वंशजका आधारमा नागरिकता प्राप्त गर्न सक्छन्÷पाउँछन्÷पाउनु पर्छ । त्यस कुराको एमालेले विरोध गरेको छ भनेर भ्रम फिजाउन खोजिराखेका छन् । हामीले ४ वर्ष अगाडिदेखि, हाम्रो सरकार बनेदेखि ४ वर्ष अगाडिदेखि यही कुरा अगाडि बढाएको बढ्याईछौं । जन्मसिद्ध नागरिकका छोराछोरीले, जन्मसिद्ध नागरिक त भइसके त, नागरिक भइसकेका छोराछोरीले नागरिकताको प्रमाणपत्र पाउनु पर्छ, दुःख पाउनु हुँदैन ।
हिजोदेखि हामी सरकारमा हुँदा आन्तरिक रुपमा असहयोग गर्ने माओवादी केन्द्रका नेता र अहिले हामी सरकारबाट हटिसकेपछि यति बेलासम्म राजनीतिक खेल खेलेर केही पनि नगरेर अहिले यतिबेला समय छैन भन्ने नाममा समस्याको समाधान नहुनेगरी, अंगिकृत नागरिकताको समेत समस्याको समाधान नहुनेगरी नागरिकता बलजफ्ती ? के छ मतलब छैन । छलफल गर्नु छैन पास गर्ने ! के पास गर्ने संसद जस्तो गरिमामय ठाउँमा ? संसदका समिति के नाक कानमा लगाउने कुण्डली झुम्के बुलाकी हुन् तिनीहरु देखाउनका लागि ? संसदीय समितिहरु छलफलका लागि बनेका होइनन् ? कतिपय यस्ता राष्ट्रिय महत्वका विषयहरु जनस्तरमा पनि छलफल हुनुपर्छ । संसदीय समितिहरुले जनस्तरका रायहरु माग्नु पर्दछ । यहाँ त छलफल नै हुन नदिने । सम्माननीय राष्ट्रपतिज्यूले संसदमा यी यी विषयमा फेरि एकपटक विचार गरोस् भनेर पठाउँदा बाहिरैबाट अनधिकृत संविधानले नचिनेका फाल्तु मान्छेहरुले संविधान बमोजिम संसदमा आउन नदिएर, संसदलाई पंगु बनाउन खोजेर, बाहिरै निर्णय गरेर जस्ताको तस्तै फिर्ता पठाइदिने भन्ने अहंकार देखाएर, दम्भ, अहंकार, घमण्ड भनेको यसलाई भन्छ । त्यो देखाएर फिर्ता पठाउने निणर्य गरेको छ । यो अत्यन्तै अशोभनिय दम्भी काम गरेको छ, छलफल गर्न नदिएर । भ्रम फिजाउन खोजिराखेको छ तर म भन्न चाहन्छु–भ्रममा पर्नु पर्ने कुनै आवश्यकता पनि छैन । नेकपा एमाले जनताका समस्या समाधान गर्न चाहन्छ, जनताका समस्या समाधान गरी आएको पार्टी हो र नागरिकताको समस्या पनि समाधान गर्न चाहन्छ । हरेक समस्या समाधान गर्न नेकपा एमाले चाहन्छ ।
एमालेका विरुद्धको भ्रम कहिलेसम्म ?
एमालेका विरुद्ध अहिले पनि भ्रम फिजाउन खोज्ने ? पहिले पहिले जस्तो ६० वर्षका भन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुदेको जस्तै अहिले फेरि अर्को खालको भ्रम फिजाउन खोज्ने ? त्यसकारण सरकारको काम हो, जन्मसिद्ध भएपनि नागरिक हुन् । नागरिकका सन्तानलाई नागरिकता देउ । आमा वा बाबुका नाममा नागरिकता छ भने आमा वा बाबुका नाममा नागरिकता देउ किन अल्झाएर राख्ने ? संसदीय प्रक्रिया भनेको त संसदीय प्रक्रिया हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक हो भनेर बाहना बनाउने ? त्यसकारण यो कपटपूर्ण अहिलेका गठबन्धनका यस्ता कपटपूर्ण खालका दुषप्रचारहरु गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नु पर्दछ । हामी नागरिकका समस्याको स्थायी समाधान होस् भन्ने चाहन्छौं । जनताको अधिकारको सुनिश्चितता र सुरक्षा होस् भन्ने चाहन्छौं । जनताले दुःख झन्झट नपाउन्, हामी त्यो चाहन्छौं र संसदीय प्रक्रिया पनि पूरा गरिनु पर्दछ । संसदीय मर्यादा, संसदको भूमिका, बिना लोकतान्त्रिक प्रणाली कसैले खल्तीबाट केही निकालेर दिन्छु भनेर भ्रम फिजायो भने त्यो दीगो हुँदैन, त्यो झुटो हुन्छ । त्यसकारण हामी यस्तो भ्रमपूर्ण कुरा फिजाउने तत्वहरुबाट सचेत रहनु पर्दछ र त्यस्ता भ्रमहरुलाई हामीले धुलो पारिदिनु पर्छ ।

निर्वाचन परिचालन कमिटीको काम मतदाता आकर्षित गर्ने
म यहाँ परिचालन कमिटीको कुरा गर्दै थिएँ । हाम्रो निर्वाचन परिचालन कमिटी यसले हामीले जुन घोषणापत्र जारी गर्छौं, त्यो कार्यान्वयन गर्न हामीलाई सरकार चाहिन्छ । सरकार बनाउनका लागि हामीले बहुमत ल्याउनु पर्दछ । त्यसकारण बहुमत ल्याउनका लागि निर्वाचन परिचालन कमिटीले दुईवटा काम गर्नुपर्दछ । एउटा काम फेरि पनि बहुमत प्राप्त गर्नका लागि मतदाता नै चाहियो । निर्वाचन परिचालन कमिटीले मत कसरी अभिवृद्धि गर्ने ? मत कसरी सुरक्षित गर्ने ? यसको चाँजोपाँजो मिलाउनु पर्छ । स्थानीय तहमा कमिटीहरु छन् । हामी सबै निर्वाचन परिचालन कमिटीका साथीहरुले स्थानीय कमिटीहरु छन्, पार्टी कमिटीहरु छन्, जनवर्गीय संगठनका कमिटीहरु छन्, पार्टी कमिटी र जनवर्गीय संगठनहरुसँग मिलेर तिनलाई परिचालन गरेर, तिनीहरुले प्रदेश प्रदेशमा, जिल्ला जिल्लामा, पालिका पालिकामा, वडावडामा र टोलटोलमा तयार गर्ने । निर्वाचन परिचालन कमिटी वा बुथ कमिटीहरु यिनीहरुसँग मिलेर तिनीहरुलाई हामीले परिचालन गर्ने हो । यहाँ कसको अधिकार क्षेत्र भनेर अधिकार क्षेत्रको विवादमा हामी फस्दैनौं । अधिकार क्षेत्रको विवाद भन्दा माथि उठेर हामी पार्टीका कमिटीहरु, जनवर्गीय संगठनका कमिटीहरु, विभिन्न तहका कमिटीहरु छन्, विभिन्न तहका परिचालन कमिटी तीसँग मिलेर काम गर्छौं ।
एक ढंगले केन्द्रीय परिचालन कमिटीका मातहतमा नै हुन् ती कमिटीहरु तर हामी ठाडो नेतृत्व कमिटी भनेर जिल्लाका परिचालन कमिटी, पालिकाका परिचालन कमिटी यहाँबाट नियन्त्रण गर्न खोज्दैनौं । ती त्यहीबाट सञ्चालन हुन्छन् । त्यहाँका कमिटीहरुले सञ्चालन गर्छन् । हामी त्यसमा केन्द्रदेखिका हाम्रा सोचहरु, हाम्रा योजनाहरु, हाम्रा तरिकाहरु हामी त्यहाँ लगेर प्रस्तुत गर्छौं र त्यसबाट निर्देशित गर्छौं । निर्भय ढंगले सक्रियतापूर्वक सम्पूर्ण पार्टी परिचालित होस् । सम्पूर्ण पार्टी भनेको पार्टी कमिटी मात्रै होइन, जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरु, असंगठित व्यक्तिहरु, समस्त शुभेच्छुकहरु, बुद्धिजीविहरु, सञ्चारकर्मीहरु, जो देशलाई माया गर्ने छन्, जो लोकतन्त्रप्रति विश्वास गर्नेहरु छन्, जो समाज न्यायोचित ढंगले अगाडि बढ्नु पर्छ, सामाजिक न्याय र समानता हुनुपर्छ भन्ने कुरा ठान्छन्, जसले देशलाई सुशासन र विकासको बाटोमा अगाडि लान खोज्छन् त्यस्ता व्यक्तिहरु समेत सम्पूर्णलाई हामीले परिचालित गर्नुपर्छ÷परिचालन गर्दै अगाडि जानुपर्दछ ।
एमालेका बिचार,राष्ट्रको बिचार
आज देश यस्तो विन्दुमा पुगेको छ, यो प्रश्न आज विचारको भिन्नताको प्रश्न मात्रै होइन । यो प्रश्न राष्ट्र, राष्ट्रिय हितको, राष्ट्र निर्माणको यो पक्षको विचार र त्यो पक्षको विचार भन्दा पनि राष्ट्रिय विचारको कुरा हो । यो निर्वाचन व्यापक राष्ट्रिय हितको विचार कि दलीय, व्यक्तिगत स्वार्थ गुटगतको विचार ? नेकपा एमाले व्यापक राष्ट्रिय हितको विचारको समग्र विचारको प्रतिनिधित्व गर्दछ । समग्र राष्ट्रिय हितको विचार अथवा राष्ट्रिय विचार अथवा नेकपा एमालेले लिने विचार भनेको नेपाली विचार हो । नेपालको प्रशासन परिचालन, सरकार सञ्चालन अथवा विदेश नीति सञ्चालन अथवा अर्थ नीति सञ्चालन, कृषि, उद्योग, व्यापार, पर्यटन अथवा सेवाका क्षेत्रहरुमा हामी के गर्छौं ? यी सबैको सही विचारहरुको समष्टि चाहिँ एमालेले लिएका विचारहरुको समष्टि हुन् । एमालेका विचार भन्नाले राष्ट्रिय विचार हुन्, राष्ट्रिय हितका विचार हुन् । नेपालको, नेपाली जनताको साझा आकांक्षाको विचार हुन् । आकांक्षाको प्रतिनिधित्व गर्ने प्रतिबिम्व विचार हुन् । त्यो विचार नेकपा एमालेको छ । त्यसकारण यहाँ तथाकथित आइडोलोजिको कुरा, तथाकथित विचारको कुरा, विचारको वा दलीय संलग्नताको जस्तो कुराको सीमाभित्र अहिलेको चुनाव रहन सक्ने अवस्था छैन । त्यो सीमाभित्र रह्यो भने संसदमा अहिले टाउको गनेको जस्तै निरर्थक विपरीत परिणाम निस्कने खालका, देशहीत विपरीतका नतिजाहरु आउँछन्, विवेकहीन ढंगले हामीले टाउको गन्यौं भने ।
आज राष्ट्रियतालाई संकटमा पार्न खोजिएको छ । आज लोकतन्त्रलाई संकटमा पार्न खोजिएको छ । आज सुशासन र विकासको अभियानलाई अवरोध गरिएको छ । उल्टोतिर फर्काउन खोजिएको छ÷फर्काइँदैछ । जनतालाई राहत सहुलियत होइन, पीडा दिने । एउटा विचारको मात्रै धार भन्ने कुराको अर्थ होइन, राष्ट्रिय विचारको धार, आज राष्ट्रको बारेमा सोच्नु पर्ने कुरा छ र यो सोचाइको नेतृत्व नेकपा एमालेले गरिराखेको छ । यसकारण एमालेको सरकार चाहियो । यसकारण आगामी निर्वाचनमा हामीले बहुमत ल्याउनु पर्दछ । यसर्थ म कमरेडहरुलाई भन्न चाहन्छु, हामीले निर्वाचनमा कहीँ कतै कमी नरहोस् । निर्वाचनको तयारी, निर्वाचनको व्यवस्थापन, निर्वाचनको प्रचार कार्य, निर्वाचनसम्बन्धी अन्य चाँजोपाँजोहरु केही कुरामा कतै कमी नहोस् भन्नका लागि हाम्रो परिचालन कमिटीले ध्यान दिनुपर्छ । यो परिचालन कमिटीको काम हो अथवा यस मातहत प्रदेशमा बन्ने वा स्वतन्त्र ढंगले बन्ने प्रदेशमा बन्ने परिचालन कमिटी, जिल्लामा बन्ने परिचालन कमिटीले आपूmलाई प्रचारका सीमाभित्र राखेर गर्नुपर्छ । हाम्रो परिचालन भनेको प्रचार मात्रै हो भन्ने हुँदैन । प्रचारभन्दा व्यापक समग्र निर्वाचन परिचालन तर म फेरि यहाँ दो¥याएर कमरेडहरुको ध्यानकर्षण गर्न चाहन्छु,–सम्बन्धित तहका कमिटीहरुसँग जनवर्गीय, पेशागत कमिटीहरुसँग विवादित गर्ने काम हामीले गर्नु हुँदैन । हामीले इम्पोज गर्ने काम गर्नु पर्दछ । थोपर्ने काम गर्नु हुँदैन । त्यहाँ अन्तरविरोध सिर्जना गर्ने काम गर्नु हुँदैन । हामीले सहयोगी भूमिका खेल्नु पर्दछ । माथि केन्द्रका नीतिहरु तलसम्म पु¥याउने, तलका समस्या माथिसम्म ल्याउने पुलको पनि काम गर्नुपर्छ । समग्र पक्षमा स्थानीय तहका कमिटीहरुको ध्यान गएको छ कि छैन ? त्यो कुराहरु हेर्नु पर्छ ।

युथ फोर्स साइन बोर्डमा होइन,मैदानमा देखिनु पर्दछ
हामीले मस्यौदा कमिटी बनाइसकेका छौं । घोषणा पत्रका लागि हामीले सुझावहरु मागिसकेका छौं, आउने क्रम जारी छ । उम्मेद्वारको सिफारिस, मापदण्ड अघि शंकर कमरेडले बताइसक्नु भएको छ । निर्वाचनका लागि हरेक पटक पार्टी दर्ता गर्नु पर्छ, त्यो कार्य पनि हामीले सम्पन्न गरिसकेका छौं । मूल कमिटी गठनको यसपटक नयाँ प्रस्ताव आएको छ, निर्वाचन प्रयोजनका लागि जनसंगठनका युवा प्रतिनिधि, जुनसुकै जनसंगठन पनि र मूलरुपमा युवापंक्ति आपूmलाई युवा ठान्ने ६० वर्षसम्मका मान्छे पनि बस्न सक्छन् तर मूलतः युवा प्रतिनिधिहरु यसमा स्वभाविक रुपमा युवासंघ अग्रसर हुनै प¥यो, युवा संघ अगाडि बढ्नै प¥यो । युथ फोर्स अब मैदानमा देखिनु पर्छ, युथ फोर्स हरेक पालिकमा देखिनु पर्छ, युथ फोर्स हरेक वडामा देखिनु पर्छ र मूल कमिटीमा युथ फोर्स देखिनु पर्छ । युथ फोर्स यहाँ साइन बोर्डमा देखिएर हुँदैन । हामी युथ फोर्सको रुपमा बेठीक नगर्ने, बेठीक गर्न नदिने, जनताको मतको रक्षा गर्ने, जनताका मतको हरण हुन नदिने, जनताका मत लुटिन नदिने, जनताको मताधिकारको सार्वभौम रक्षा गर्ने । नेकपा एमाले वात बहादुर पार्टी हुने होइन, वात बहादुर पार्टी होइन, काम बहादुर पार्टी हुनुपर्छ । कुरा गर्ने बेलामा ठूलाठूला गर्ने, काम गर्ने बेलामा छैन । त्यस्तोलाई वात बहादुर भन्छन् । कुरा बहादुर, वात बहादुर पार्टी होइन । यो पार्टी कर्म बहादुर, काम बहादुर हो । हाम्रा संगठनहरु त्यस ढंगले, हाम्रा सम्पूर्ण युथ पंक्ती त्यसैगरी, युवा संघ, खेलाडी अरु संगठनहरु जुन हामीले यहाँ भन्यौं, ती सबै संगठनहरु । युवा संघ, खेलकुद महासंघ, जिफन्ट, अनेमसंघ, अनेरास्ववियू, राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संघ आदिको सचिवालयमा किन राखिएको छ भन्दा यी संगठनहरु त्यस ढंगले तल बुथमा यिनका प्रतिनिधिहरु काम गर्छन् यहाँ केन्द्रीय कार्यालयको दूरबिन हातमा हुनुपर्छ । कि कहाँनिर के भइराखेको छ, हेर्न प¥यो । दूरबिनले हिमाल पारिका वडा होस् कि तराईका वडा होस् हरेक ठाउँमा यस्तो दूरबिन लगाइराख्न पर्छ कहाँ के भइराखेको छ भनेर हेर्न । प्रशासनिक गतिविधि, प्रहरीका गतिविधि सबैको पनि लेखाजोखा राख्नु पर्दछ, हेक्का राख्नु पर्दछ कहाँ के भइराखेको छ र त्यसको तत्काल हामीले सही उपचार पनि खोज्नु पर्दछ ।

परिचालन कमिटीको चन अफ कमाण्ड
कतिवटा काम भइसके, अब गर्ने कामका सन्दर्भमा हामीले चर्चा गरिसक्यौं । प्रदेशका आफ्ना काम छन् । यहाँ केन्द्रमा जसरी परिचालन कमिटी बनाइएको छ, त्यसैगरी ठूला कमिटी बन्छन् भने पनि सचिवालय सानो र सचिवालयले पनि अझ कार्यालयजस्तो केही सचिवालयका कमरेडहरु आमरुपमा दैनिक हाजिरीमा हुनुपर्छ । केन्द्रीय निर्वाचन परिचालनको कमिटीको सचिवालको सचिवको सम्पर्कमा जानकारीमा हुनुपर्दछ । यतिबेला कमसेकम सचिवालयको कुन सदस्य कहाँ के गरिराखेको छ भन्ने कुरा सचिवालयको पनि सचिवालयलाई थाहा हुनुपर्छ र त्यसको सचिवलाई थाहा हुनुपर्दछ । कमिटीमा बसियो, कमिटीमा बसेपछि केही भएन भन्ने होइन, अहिले बृहत्त परिचालन कमिटी जुन छ, यसले मार्गदर्शन लिएर, हाम्रा निर्णयहरु बोकेर यो छरिन्छ र सम्भवत चुनाव जिताएपछि हामी यहाँ आउँछौं र समीक्षा गर्छौं । चुनाव जिताएपछि हामी विधिवत विघटन गर्छौं ।
हाम्रो सचिवालय सक्रिय हुनुपर्दछ । दैनिक अफिसमा हुनुपर्दछ । अफिसमा छैन भने कहाँ गएको छ, किन गएको छ भन्ने कुरा, के गर्दैछ भन्ने कुरा थाहा हुनुपर्दछ । प्रशिक्षणका नियमित व्यवस्था गरिने कुरा कमरेडहरुलाई बताइएको छ । सचिवालय गठन आज हामीले गर्दैछौं । यो भित्र पनि अझ खास सचिवालयको रुपमा बस्ने, निर्वाचन जति नजिकिँदै जान्छ, त्यति सघन ढंगले बस्नु पर्दछ, रातदिन बस्नु पर्ने हुनसक्छ । त्यस ढंगले बस्नेगरी साथीहरुले मानसिकता बनाउने र सक्रिय रहने काम गर्ने । यसका निम्ति आजको बैठकको उपादेयताका निम्ति पहिलो बैठकले हिजो हामीले केन्द्रीय कमिटीले गरेका ती निर्णयहरुलाई नै झण्डा बनाएर जानेछौं । हिजो केन्द्रीय कमिटीको बैठकले जुन निर्णयहरु ग¥यो, तिनै निर्णयहरुलाई झण्डा बनाएर जाँदैछौं । त्यसकारण निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले हिजो निर्वाचन परिचालनको सन्दर्भमा एमालेको बहुमतको सरकार देशलाई आवश्यक छ । त्यसकारण आगामी सरकार एमालेको यही नारा लिएर हामी अगाडि बढ्छौं कमरेडहरुलाई थाहा छ । त्यस प्रयोजनका लागि निर्वाचनलाई सही ढंगले हाँक्न निर्वाचन परिचालन कमिटीले एउटा सचिवालय गठन ग¥यो ।
यो केन्द्रीय परिचालन कमिटी र त्यसको सचिवालयको सचिव र सचिवालयको पनि सचिव हुनेगरी उपमहासचिव विष्णु रिमालजीलाई तोक्न पनि म आग्रह गर्दछु ।


एक पार्टी सदस्यले दुई नयाँ मतदाता थप्नै पर्छ

अघि मैले भनेका कुराहरु हामी व्यवस्थित ढंगले लिखित रुपमा फेरि तल पठाउने छौं । प्रदेश तहमा छरितो परिचालन कमिटी, कति बनाउने, कति छरितो बनाउने भन्ने त्यस सम्बन्धमा हामी लेखेर पछि पठाउँछौं । कार्यक्रमको संयोजन विभिन्न तहमा कसरी गर्ने भन्ने कुराहरु, जिल्ला तहको परिचालनले के गर्ने, कसरी काम गर्ने आदि कुराहरु हामी पछि पठाउँछौं । वडा तहसम्म परिचालन कमिटी निर्माण गरिनेछ । प्रदेशमा, जिल्लामा, पालिकामा र वडामा परिचालन कमिटी निर्माण गरिने छन् । बुथ स्थलमा निर्वाचन प्रयोजनका लागि बुथ कमिटीहरु गठन गरिने छ । हरेक पार्टी सदस्यले पुराना होइन, नयाँ पहिले मतदाता नभएका कमसेकम दुईजना मतदाता थप्नै पर्ने, दुईजना थपेपछि पुग्यो भनेर बस्ने होइन । दुईवटा थपिहाल्यो अब किन थप्ने भनेर होइन, कमसेकम २ जना थप्ने । २ सय, २ हजार, २ लाख जति थप्न पनि पाइन्छ । २ जना भन्दा कम चाहिँ हुन नहुने । मत सुरक्षाका लागि ध्यान दिने भन्ने कुरा आइसकेको छ । विभिन्न उपसमितिहरु बनाइने कुरा सचिवालयले गर्नेछ । सचिवालय हामी तुरुन्त गर्छौं । सचिवालयको बैठक तुरुन्त बस्नेछौं र त्यसले उपसमितिहरु निर्माण गर्नेछ । जसले निर्वाचन परिचालन सम्बन्धमा प्रचार प्रसार, स्रोत परिचालन, कानूनी परामर्श तथा समन्वय आदि गर्नेछ । यी उपसमितिहरु बन्ने छन् । सचिवालयले बनाउने छ । प्रशिक्षण सामग्रीको तयारी गरिनेछ र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
हामीले अहिलेको परिस्थिति, वैचारिक पक्षहरु, यसका औचित्य, यसका आवश्यकतादेखि गर्नु पर्ने कामहरुको सम्बन्धमा पनि चर्चा गरिहाल्यौं । चुनावको बेला छ, बैठक लामा नगर्ने, काम कस्सिएर गर्ने । त्यस काममा हामी लाग्छौं । म सबै कमरेडहरुलाई त्यही आत्मविश्वासका साथ काममा लाग्न र पार्टीलाई विजयी बनाउने संकल्प र दृढ आत्मविश्वास बोकेर अगाडि बढ्न आह्वान गर्दै तपाईंहरुको सुस्वास्थ्य, समृद्धि होस् भन्ने शुभकामनाका साथ बैठक यही अन्त्य गर्दछु । धन्यवाद ।
(नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्षले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई गर्नु भएको सम्बोधन
२०७९, भदौ १२)